जब्स् भिक्टोरिया ले काम खोज्ने मानिसहरूलाई समर्थन गर्दछ र रोजगारदाताहरूलाई उनीहरूलाई चाहिने कर्मचारीहरू फेला पार्न मद्दत गर्दछ।
तपाईंले आफ्नो नजिकैको स्थानमा जोब्स भिक्टोरियाका विशेषज्ञसँग भेट्न सक्नुहुन्छ। हामी अनलाइन र फोन मार्फत पनि मद्दत, जानकारी र सल्लाह प्रदान गर्दछौं।
काम खोज्ने मानिसहरूका लागि जोब्स भिक्टोरियाका सेवाहरू
के तपाईं जागिर खोज्दै हुनुहुन्छ? यी नि:शुल्क सेवाहरूले मद्दत गर्न सक्छन्।
जब्स् भिक्टोरियाका अधिवक्ताहरू
जब्स् भिक्टोरियाका अधिवक्ताले तपाईंलाई आफ्नो जागिर खोज्न मद्दत गर्न सक्छन्। अधिवक्ताले निम्न कुराहरु गर्न सक्छन्:
- तपाईंलाई जागिर पाउनको लागि आवश्यक सहयोग, तालिम वा शिक्षा पत्ता लगाउन मद्दत गर्न सक्छन्
- तपाईंलाई जब्स् भिक्टोरिया अनलाइन हबमा जागिरहरू खोज्न मद्दत गर्न सक्छन्
- कसरी काम प्राप्त गर्ने बारे जानकारी साझेदारी गर्न सक्छन्
- तपाईंलाई अन्य सेवाहरूमा जोड्न मद्दत गर्न सक्छन् जस्तै आवास सहायता वा परामर्श।
अधिवक्तासँग कुरा गर्न, 1300 208 575 मा जब्स् भिक्टोरिया हटलाइनमा फोन गर्नुहोस् वा तपाईंको नजिकैको अधिवक्ता खोज्नको लागि हाम्रो नक्सा (map) प्रयोग गर्नुहोस्।
जब्स् भिक्टोरियाका मेन्टरहरू
जब्स् भिक्टोरियाका मेन्टरहरू ले लामो समयदेखि कामको खोजीमा रहेका मानिसहरूलाई मद्दत गर्दछ। तिनीहरूले काम खोज्न गाह्रो बनाउँने चुनौतीहरूको सामना गरिरहेका मानिसहरूलाई पनि मद्दत गर्दछन। मेन्टरले निम्न कुराहरू गर्न सक्छन्:
- कामको तयारी गर्न मद्दत गर्न सक्छन्:
- तपाईंलाई बायोडाटा बनाउन र जागिरहरूको लागि आवेदन दिन मद्दत गर्न सक्छन्:
- तपाईंलाई जागिरको अन्तर्वार्ताको लागि तयारी गर्न मद्दत गर्न सक्छन्:
- नयाँ काममा तपाईंको पहिलो छ महिना सम्म तपाईंलाई सहयोग गर्न सक्छन्।
मेन्टरसँग कुरा गर्नको लागि, 1300 208 575 मा जब्स् भिक्टोरिया हटलाइनमा फोन गर्नुहोस् वा तपाईंको नजिकैको मेन्टर फेला पार्न हाम्रो नक्सा प्रयोग गर्नुहोस्।
जब्स् भिक्टोरियाका क्यारियर (Career) सल्लाहकारहरू
जब्स् भिक्टोरिया क्यारियर सल्लाहकारहरूले काम खोजिरहेका, थप काम चाहिने वा आफ्नो करियर परिवर्तन गर्न चाहने मानिसहरूलाई मद्दत गर्छन्। क्यारियर सल्लाहकारले निम्न कुराहरू गर्न सक्छन्:
- तपाईंको क्यारियर योजना बनाउन मद्दत गर्न सक्छन्
- तपाईं लाई आफ्नो सीप र ताकत बुझ्न मद्दत गर्न सक्छन्
- तपाईंलाई जागिरको लागि आवेदनहरू तयार गर्न मद्दत गर्न सक्छन्
- तपाईंलाई अन्य क्यारियर सहायता सेवाहरू सँग जोड्न सक्छन्।
तपाईंले आफ्नो नजिकको स्थानमा क्यारियर (Career) सल्लाहकारलाई भेट्न सक्नुहुन्छ वा अनलाइन वा फोन मार्फत भेट्ने व्यवस्था मिलाउन सक्नुहुन्छ। क्यारियर (Career) सल्लाहकारसँग भेटघाट व्यवस्था मिलाउन 1800 967 909 मा फोन गर्नुहोस्।
जब्स् भिक्टोरिया अनलाइन हब
जब्स् भिक्टोरिया अनलाइन हब एउटा नि:शुल्क सेवा हो जहाँ तपाईंले काम खोज्न र आवेदन दिन सक्नुहुन्छ।
जागिर खोज्न यहाँ क्लिक गर्नुहोस्।
जागिरको लागि आवेदन दिन, तपाईंले दर्ता गर्न आवश्यक छ। दर्ता छिटो र सरल छ। यहाँ दर्ता गर्नुहोस्।
तपाईंले अनलाइन हबमा दर्ता गरिसकेपछि, तपाईंले आफ्नो रुचि र स्थानसँग मेल खाने नयाँ कामहरूको बारेमा जनाउ सन्देशहरू प्राप्त गर्नुहुनेछ।
जब्स् भिक्टोरिया हटलाइन
यदि तपाईंलाई काम खोज्न मद्दत चाहिन्छ वा जब्स् भिक्टोरिया सेवाहरूको बारेमा प्रश्न छ भने, 1300 208 575 मा (बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म, सोमबारदेखि शुक्रवार) जब्स् भिक्टोरियाको हटलाइनमा फोन गर्नुहोस्।
व्यवसायहरूको लागि जब्स् भिक्टोरियाका सेवाहरू
जब्स् भिक्टोरिया अनलाइन हब
जब्स् भिक्टोरिया अनलाइन हब एक नि: शुल्क सेवा हो जहाँ व्यवसायहरूले कर्मचारीहरू खोज्न र रिक्त स्थानहरू पोस्ट गर्न सक्छन्। आफ्नो व्यवसाय दर्ता गर्न यहाँ क्लिक गर्नुहोस् र कर्मचारी खोज्न सुरु गर्नुहोस्।
भर्ती सहायता
जब्स् भिक्टोरियाका साझेदारहरू (Partners) ले तपाईंको व्यवसायलाई कर्मचारी खोज्न मद्दत गर्न सक्छन्। नि:शुल्क भर्ती सहायता प्राप्त गर्न, आफ्नो नजिक जब्स् भिक्टोरियाका साझेदार खोज्नुहोस्:
- पार्टनरको नक्सामा जब्स् भिक्टोरिया साझेदार खोज्नुहोस्
- जब्स् भिक्टोरिया हटलाइन लाई 1300 208 575 मा फोन गर्नुहोस् वा info@jobs.vic.gov.au मा इमेल गर्नुहोस्।
जब्स् भिक्टोरियाका साझेदारहरूले तपाइँको नयाँ कर्मचारीहरूलाई तपाइँको कार्य स्थलमा सहज रुपान्तरण भएको सुनिश्चित गर्नको लागि तालिम र मार्गदर्शनको साथ सहयोग गर्न सक्छन्।
जब्स् भिक्टोरिया हटलाइन
यदि तपाईंलाई कर्मचारी खोज्न मद्दत चाहिन्छ वा जब्स् भिक्टोरिया सेवाहरूको बारेमा प्रश्न छ भने, 1300 208 575 मा (बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म, सोमबारदेखि शुक्रवार) जब्स् भिक्टोरियाको हटलाइनमा फोन गर्नुहोस्।
अनुवादक सेवाहरू
यदि तपाईंलाई दोभाषे चाहिन्छ भने:
- जब्स् भिक्टोरिया हटलाइनलाई 1300 208 575 (बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म, सोमबार देखि शुक्रवार) मा फोन गर्नुहोस् र हामी तपाईंलाई राष्ट्रिय अनुवाद र दोभाषे सेवा (TIS) सँग सम्पर्क गराई दिने छन्।
- अथवा TIS लाई 131 450 मा फोन गर्नुहोस् र तिनीहरूले हाम्रो हटलाइनमा सम्पर्क गर्नेछन्।